के हजुर ले कहिले आफ्नो फाइल लाइ मिति ले खोज्नु भएको छ windows 7

Published on Thursday, February 7, 2013 10:05 AM //



        हुन त कम्प्युटरका फाईलहरु खोज्नको लागि धेरै तरीका छन र त्यसको व्याख्या मैले गरिराख्नु पर्दैन होला तर आज म हजुरलाई अर्कै नयाँ तरीकाले फाइल खोज्ने उपाय दिदैं छु अर्थात स्पस्टीकरण दिनुपर्दा तपाइंले कुन फाईल कुन मितीमा Save गरेको हो र कहाँ छ त्यो फाइल पता लगाउन अलि समय नै लागिरहेको छ भने यहाँ तलको उपायबाट तपाइंले कुनै पनि मितीमा Save गरेको फाईल करीब २ सेकेन्ड मा नै तपाइंले पता लगाउनुहुन्छ आउनुस तल हेरौं

१. सबैभन्दा पहिला आफ्नो कम्प्युटरबाट Start बटनमा क्लिक गर्नुहोस र त्यहाँ search बार मा Explorer Exe type गरेर खोलिएको program लाई क्लिक गर्नुहोस र त्यसलाई खोल्नुहोस

२.उक्त फाईल हजुरले खोलिसकेपछी Keyboard बाट Ctrl+F key थिच्नुहोला र दायाँ पट्टी माथीतीर Search Engine मा केही फाइलहरुको नाम भन्दा तल Date modified देख्नुहुनेछ देख्नासाथ त्यसलाई क्लिक गर्नुहोस ढिलो गर्नुभयो भने Date modified हराउनेछ र फेरी Ctrl+F थिच्नुपर्ने हुन्छ

३. Date modified मा क्लिक गरिसकेपछी एउटा Calendar खोलिनेछ र तपाइंलाई कती गतेको फाईल चाहिएको हो त्यहाँ मितीमा क्लिक गर्नुहोस र तल हेर्नुहोस बर्ष,महिना,हप्ता,दिन जस्ता लिंकहरु पनि दिएको छ तपाईं त्यसमा क्लिक गरेर पनि उदाहरणको लागी तपाईंले एक साल पहिला कम्प्युटरमा राखेको जती पनि फाईल एक साथ् देख्नुहुनेछ

४. यदी तपाइंलाई कुनै पनि बीचमा रहेको ३/४ दिनको मात्रै चाहिएको हो भने तपाईं त्यी मितीहरुलाई Mark लगाएर पनि खोज्न सक्नुहुन्छ जस्तै: भन्नु पर्दा तपाइंलाई ४ गते देखी २४ गतेसम्मको फाईल चाहियो भने त्यो भित्रको सबै मितीहरुलाई Mark लगाउनुहोस Mark लगाउन भने अलि असजिलो होला हजुरलाई यदी Mark लगाउन चाहनुहुन्छ भने Mouse pointer लाई आफुलाई चाहिएको पहिलो अथवा अन्तीम मितीमा लगेर Left click Continue दबाउदै अर्को मितीसंम लैजानुहोस यसरी mark लगाउन सकिन्छ
हजुर  लाइ यो तरिका कस्तो लाग्यो मन परेको भए तल कमेन्ट 
गर्न नबिर्सनु होला तपाइको सानो कमेन्ट ले तपाई हाम्रो कुनै साथी हरु को जिबन बन्न सक्छ धन्यबाद ?.....

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!