कसरि कम्पुटर को डाटा बाचाउने ५ उपायहरु यहाँ हेर्नु होला

Published on Wednesday, December 26, 2012 7:54 AM //


मेरो सानो जान कारी कम्पुटर समन्धी  यो तल लेखि दिएको छु है 

 
के तपाईंलाई थाहा छ ? कम्प्युटरमा सबै भन्दा महत्वपूर्ण सामान के हुन्छ? त्यो भनेको कम्प्युटरको हार्डडिस्क हो किनकी त्यसमा रहेको डाटा यदी क्र्याश भय (विग्रेमा) न त किन्न नै पाईन्छ न त कसैसँग मागेर नै पाइने हुन्छ । यदी मनिटर बिग्रेमा किन्न पाईन्छ , CPU बिग्रेमा किन्न पाईन्छ तर तपाईंको कम्प्युटरको डाटा त किन्न पाइन्दैन। त्यसैले यदी यो प्रश्न सोध्नुहुन्छ कि कम्प्युटर मा सबै भन्दा महत्त्वपूर्ण कुरा के होला ? त्यस्को उत्तर तपाईंको हार्डडिस्क मा भएको डाटा नै हो। आहिले हेर्ने हो भने डाटा नै एकदम आसुरक्षित देखिन्छ । धेरै जसो भाईरस डाटानै बिगारने किसीमको पाइन्छ । कम्प्युटरमा धेरै समस्या यतिकैपनी हार्डडिस्क ले नै दि राखेको हुन्छ । तर कुनै यस्तो प्रबिधि पनि छैन जस्ले राम्रो संग सस्तो तरीकाबाट हार्डडिस्कमा भएको डाटा बाचाउन सकियोस । हुन त पैसा खर्च गर्न सक्दा त धेरै यस्तो प्रविधि छ जस द्वारा डाटालाइ पुर्णरूपमा क्षतीभए पनि जस्ताको त्यसलै ल्याउन सकिन्छ तर त्यसकोलागि पहिलेनै केहि सावधानि अपनाउनु पर्छ । यहाँ पाच प्रकारको उपायहरु जस्ले डाटालाई यदी बिग्रेमा पुन प्रयोगमा ल्याउनमिल्ने छ त्यस्को बारेमा उल्लेख गर्दै छु ।
१) USB Flash Drives: यो प्रबिधी खासै प्रयोग गर्नकोलागी सल्लाह दि हाल्न मिल्ने ब्याकअप प्रबिधी मानिन्दैन तर डाटालाई सजिलो तरिका बाट कपि गरी राख्न मिल्ने हुँदा यस्को पनि प्रयोग चाँही गर्न मिल्ने हुन्छ । सजिलो यसकारणले पनि हो कि यो डिवाइसलाई कम्प्युटरमा जोड्दा कुनै सफ्टवेरहरुको जरुरी त्यतिपर्ने हुँदैन साथै सस्तोमा छिटो चल्ने हुन्छ । यदी तपाईंको कम्प्युटरमा USB port 2.0 version को छ भने त झन छिटो डाटा ब्याकअप गर्न सकिन्छ। यसको डाटा ट्रान्सफर ४८० Kbps को रेट मा हुन्छ अन्यथा पुराणो जसलाइ 1.0 version भनिन्छ यसको मात्र 60 Kbps को रेटमा डाटा ट्रन्सफर हने हुन्छ । । यहिले बजारमा धेरैनै क्षमता भयको USB Flash Drives (पेन ड्राइभ)पाईन्छ। तर यसको वेफाइदा भनेको सजिलै कपि गर्न मिल्ने हुदा कम्प्युटरमा जोडना साथ भाइरस पनि कपि हुने सम्भावना वढि र सजिलो हुनाले धेरै चलाइने हुन्छ । जसले गर्दा व्यकअप गरेको फाइलहरू मेटिने सम्भावना धेरै रहन्छ ।
२) CD and DVD Writers/Re-Writers हालका दिनहरूमा CD/DVD सस्तो भएको ले यो पनि डाटा राख्नको लागि सजिलो मध्यम भएको छ। यसमा डाटा रख्दा पेनड्रइभ भन्दा भाइरसको हिसावले धेरैनै सुरक्षीत हुने हुन्छ तर कपि गर्न अलि असजिलो हुनेभएको र यदि सुरक्षितसाथ राख्न नसक्दा कोरिने सम्भावना वढिहुदा यसलाइ पनि साधारण व्यकअप डिभाइसको रूपमा लिन सकिन्छ । यदी कम्प्युटर भित्र जोडनेहो भने हार्डडिस्क जोड्ने ठाउँमा र नभए बहिर बाट पनि जोडनमिल्ने किसिमको पाईन्छ। वाहिरबाट जोडन मिलने किसिमको CD/DVD driver भएमा USB अथवा Firewire म जोड्नमिल्ने पाईन्छ । CD लिदा ७०० MB सम्मको डाटा व्याकअप गर्न सकिन्छ भने DVD किन्दा भने 4.7 GB देखी 8.5 GB सम्म अट्ने पाईन्छ ।
3. External Hard Drives यो बहिर बाट जोड्न मिल्ने हार्डडिस्क हो यसलाई पनि डाटा ब्याकअप डिभाइसको रुपमा प्रयोग गर्न सकिन्छ । यो पनि बहिरनै प्रयोग गर्नमिल्ने प्यक मा पनि पाईन्छ। बाहिर जोडन मिल्ने र ब्यकअप गरिसके पछि सुरक्षित ठाउँमा सजिलै सँग खोलेर राख्न मिल्नेहुदा यो पनि राम्रो व्यकअप डिभाइसको रूपमा लिन सकिन्छ । यसलाइ किन्दा छुट्टै हार्डडिस्क र कोभर किनेर आँफैले पनि जोड्न सकिन्छ । यो सस्तो मा धेरै डाटा व्यकअप गर्न मिल्ने डिभाइसको रुप मा लिन सकिन्छ ।
4. Additional Hard Drives साधारण तरिक बाट छुट्टै हार्डडिस्क (मतलब अहिले जडित हार्डडिस्क सरह अर्को हार्डडिस्क) जोडेर पनि डाटा व्यकअप गरेर राख्न सकिन्छ । हुनत यसको बेफाइदा पनि त्यतिकै छ जस्तैमा यो सधै जोडिरखिने हुदा विग्रने साथै भाइरस सर्ने सम्भावना बढि देखिन्छ भने साधारण तरिका बाट यसमा रहेको फाइललाइ चलाउन मिल्ने भएकोले मेटिने सम्भावना वढि रहन्छ । यसरी जोडदाको फाइदा तपाईंले सफ्टवेर अथवा हार्डवेरको बिभिन्नकिसिमको प्रबिधी प्रयोग गरेर हार्डडिस्कलाई छिटो तथा एउटा हार्डडिस्क बिग्रेमा पनि डाटा किही नहुने प्रबिधी(RAID 5) अपनाउन सक्नुहुन्छ जसले तपाईंको हार्डडिस्को स्पीड पनि बढाउने हुन्छ ।
5. Online Storage अहिले आएर online अर्थात ईन्टरनेट मा पनि डाटालाई सुरक्षित राख्न सकिने हुन्छ । यदी आफ्नो कम्प्युटरको डाटा बिग्रेमा ईन्टरनेटमा गएर डाउनलोड गरि पुण प्रयोग गर्न सकिने हुन्छ । त्यस्कोलगी इन्टरन्यासनल storage वेबसाईटहरु निकै पाईन्छ (जस्तै मा www.4shared.com, rapidshare.com, www.ziddu.com , Mozy.com,www.drivehq.com,www.xdrive.com) जसले फ्री मा सुरक्षित तरिकाले तपाइको डाटालाइ व्यकअप गरिदिने हुन्छन। तर कुनै अफिस अथवा विशेष किसिमको सेवाकोलागि भने केहि रकम खर्चिनु पर्नेहुन्छ ।
माथि उल्लेखित सबै प्रविधि घरमा अथवा सानो अफिसमा साधारण तरिका बाट डाटालाइ व्यकअप गर्ने प्रविधिहुन भने ठुलो कम्पनी अथवा ठुलो अफिसको लागि व्यकअप गर्ने प्रविधि अन्य रहने हुन्छ ।
तर जस्तो जे भएपनी केही हुनु भन्दा पहिले नै यदी तपाईंले बिचार पुर्‍याउनु भएमा गर्हो हुँदैन नत्र भने कसलाई भन्ने र के गर्ने ? त्यात्रो दिन लगाएर गरेको दुख खेर जाने हुन्छ । हुन त अहिले सफ्टवेरहरु पाईन्छ जस्ले डिलिट तथा फरम्याट भएको ड्राइभ बाट पनि डाटा निकल्न मिल्छ तर केही यस्तो समस्य हुन्छ जस्लाई यस्तो सफ्टवेरमार्फत पनि निकाल्न नमिल्ने हुन्छ । जस्तैमा हार्डडिस्क पुर्णरूपमा बिग्रेमा, हार्डडिस्क टुट/फुठ भयमा । आन्यथा तपाईंको हार्डडिस्क्लाई केही नगरि(केहि लेख्ने तथा मेटाउने नगरी) तल दिएको सफ्टवेरबाट रिकोभर गर्न सकिन्छ । तर जे जसो भने पनि रोग लगेपछी दबाइ गर्नु भन्दा रोग लग्न नै नदिनु राम्रो हुन्छ । साथै लाग्ने भय पनि त्यसको बिकल्पहरु पहिले नै सोच्नु बुद्धिमानी मानिन्छ हैन र 

हजुर हरुको सानो प्रयास ले मेरो जिबन बन्न सक्छ धन्यबाद एदी हजुर हरु म संग इमेल मार्फत भेट गरन 
चाहनु हुन्छ भने यहाँ lamasantosh73@yahoo.com bat hernu hola 

Tags:

0 comments

Leave a comment

एदी हजुर लाइ यो माथिको पोस्ट सामग्री मन पर्यो या कुनै सुझाब भए हामि लाइ या तल कमेन्ट गर्न नबिर्सिनु होला तपाइको हरेक सुझाब हामि लाइ खाचो हुने छ या तपाई हामि जस्तो अरु साथीहरु ले कमेन्ट बाट पनि नजानेका कुरा हरु सिक्न पाउने छ तेसैले पोस्ट हेर्नु भए पछि कमेन्ट पनि गरि दिनु होला धन्यबाद

Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!